NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

काठमाडौं । केही सातादेखि निर्वाचनमय दैनिक अखबारहरू आज पनि यही विषयको वरिपरि केन्द्रित छन् ।

अन्नपूर्णले आज राउटे समुदायको मताधिकारबारे मुख्य समाचार बनाएको छ । कर्णालीमा राउटेको कुल जसंख्या १४५ छ । १८ वर्ष पूरा भएका र मतदाता हुन योग्य ६९ जना छन् । तर उनीहरूले अहिलेसम्म मताधिकार प्रयोग गर्न पाएका छैनन् ।

इँटाभट्टामा सर्वसाधारणलाई जिउँदै जलाएको आरोप खेपेर हाल नख्खु कारागारमा रहेका सांसद् मो. अफताब आलमका कान्छा छोरा मो. राजिक आलम बाबुको बिरासत धान्ने घोषणासहित चुनावमा होमिएको कान्तिपुरले लेखेको छ । बहालवाला मेयरका उम्मेदवारलाई पन्छाएर त्यहाँ विवादास्पद छविका आलमपुत्रलाई कांग्रेसले टिकट दिएको हो ।