NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरा पक्राउ

काठमाडौं । बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोमबार उनकै छाेरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालिका-१४, प्रसावल बस्ने ३२ वर्षीय बालगोविन्द यादव छन् ।

५० वर्षीय बाबु शंकर यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा बालगोविन्दलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

यससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।