NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

मर्लिन मुनराेकाे गाउन लगाउन किमले २१ दिनमा सात किलो तौल घटाइन्

काठमाडौं । हलिउडको लोकप्रिय फेसन इभेन्ट ‘मेट गाला-२०२२’ सोमबार न्यूयोर्कमा भएको थियो । जसमा केटी पेरी, किम कार्दशियन, डकोटा जोन्सन, गिगी हदिद लगायत धेरै सेलिब्रेटीहरू शानदार र अनौठा पोशाकमा रेड कार्पेटमा देखा परेका थिए ।

यसपटकको मेट गालाको नारा ‘इन अमेरिकाः एन एन्थोलोजी अफ फेसन’ र ड्रेस कोड ‘गाेल्डेड ग्लैमर’ थियो । मेट गालाबाट केटी पेरी, किम कार्दशियन, एलन मस्कलगायत धेरै सेलिब्रेटीका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

किम कार्दशियन आफ्नो प्रेमी पीट डेभिडसनसँग मेट गाला २०२२ मा सहभागी भएकी थिइन् । उनले त्यसमा ४.८ मिलियन डलरकाे कपडा लगाउन किमले २१ दिनमा साढे सात किलो तौल घटाएकी छन् । उनले तीन सातादेखि कार्बाेहाइड्रेड र चिनी नखाएकाे मेट गालाकाे राताे कार्पेटमा भनेकी थिइन् ।

कार्दशियनले लगाएकाे गाउन बब म्याकीको सहयोगमा हलिउड डिजाइनर जीन लुइसले ६० वर्ष अगाडि बनाएकाे गाउन हलिउडकी प्रसिद्ध अभिनेत्री मर्लिन मुनरोको सबैभन्दा प्रतिष्ठितमध्ये एक हो । यो कार्दशियनलाई ‘रिप्लेस बिलिभ इट अर नट’ संग्रहालय र फ्रेन्चाइजले दिएकाे थियाे । सन् २०१६ मा लिलामी रेकर्ड ब्रेक गर्दै किमले ४.८ मिलियन डलरमा गाउन खरिद गरेकी थिइन् ।

याे गाउन मुनराेले सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको जन्मदिनमा ‘ह्याप्पी बर्थडे’ गीतका लागि लगाएकी थिइन् ।

अर्बपति एलन मस्क पनि आफ्नी आमा मे मस्कसँग मेट गालामा उपस्थित भएका थिए ।