NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ठमेलमा १० तले घरको छतबाट खसेर एक वृद्धको मृत्यु

काठमाडौं । ठमेलमा दश तले घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीय न्हुछे नारायण महर्जन रहेका छन् । महर्जनको आफ्नै घरको छतबाट खसेर मंगलबार मृत्यु भएको हो ।

उनको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर खस्दा घाइते भएका कारण शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको थियो । सोही क्रममा महर्जनको मृत्यु भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।