NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अवैध लागुऔषधसहित एक जना पक्राउ

काठमाडौं । अवैध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बेतिनी घर भएका हाल हेटौडा उपमहानगरपालिका–११ बुद्धचोक बस्ने २८ वर्षीय अख्तर खान रहेका छन् ।

खानलाई प्रहरीले चार सय मिलिग्राम अवैध लागु औषध र बागमती प्रदेश ०३–००५ प ३४६५ नम्बरको मोटरसाइकलसहित बुधबार रातीे पक्राउ गरेको हो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खानको कोठा छानबिन गर्दा उक्त पदार्थ फेला पारी खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका जनाएको छ ।