NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सुनौलो रंगको कछुवासहित एक पक्राउ

काठमाडौं । सुनौलो रंगको कछुवा सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडाैं शंखरापुर साखु बस्ने २३ वर्षीय आशिष थापा घर्ती रहेका छन् । घर्तीलाई चावहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसबाट पक्राउ गरिएको हो ।

प्रहरीले उनलाई चावहिल क्षेत्रमा खैरो रंगको कछुवाकाे अवैध रूपमा बिक्री वितरण तथा ओसारपसार गरेको गर्न लागेकाे सुचनाको आधारमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घर्तीको खोजतलास गर्ने क्रममा उनको साथमा रहेको झोलाबाट कछुवासहित  र माेबाइल एक थान फेला परेकाे थियो ।

उनलाई आवश्यक कारबाहीको लागी जिल्ला वन कार्यालय हात्तिसार काठमाडाैं पठाईएको प्रहरीले जनाएको छ ।