NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कैलाली पुगेर ओलीले भने, ‘टीकापुर घटनामा रेशम चौधरीको संग्लनता छैन’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टीकापुर घटनामा रेशम चौधरीको संलग्नता नरहेको बताएका छन् ।

बिहीबार केलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रमा चौधरीको बचाउ गर्दै यस्तो धारणा राखेका हुन् ।

टीकापुर घटना भएको बेला रेशम चौधरी टीकापुरमै नभएको ओलीले दाबीसमेत गरे ।

‘यहाँ घटना भएको बेला हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर, अर्को मान्छेलाई मुद्दा लगाए’, उनले भने, ‘त्यो बेला रेशम चौधरी यहाँ थिएनन् । उनलाई मुद्दा लगाउनु पर्ने कुनै कारण थिएन ।’

०७२ भदौ ७ मा मा कैलालीको टीकापुरमा थारु आन्दोलनका क्रममा ७ प्रहरी र एक बालकको हत्या भएको थियो । शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै हतियार ल्याएर प्रहरीमाथि आक्रमण गरिएको थियो ।

सो घटनाको योजनाकार भएको आरोपमा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेपछि सांसद चौधरी हाल जेलमा छन् ।