NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कञ्चनजंघा हिमाल आरोहणका क्रममा भारतीय आरोहीको मृत्यु

काठमाडौं । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको हिमाल आरोहण गर्ने क्रममा एक भारतीय पर्वतारोहीको मृत्यु भएको छ ।

भारतीय पर्वतारोही नारायण अय्यर कञ्चनजङ्घा पहाड आरोहण गर्ने क्रममा शुक्रबार बिहान दुर्घटना भएको पायोनियर एडभेन्चर एजेन्सीले जनाएको छ ।

यो सिजनमा कञ्चनजङ्घा हिमालमा आरोहणका क्रममा भएको यो दुर्घटना पहिलो भएको एजेन्सीले जनाएको छ । अय्यरको मृत्यु ८ हजार २ सय मिटरमा पुग्दा भएको हो ।

एजेन्सीका प्रमुख पासाङ शेर्पाका अनुसार आरोहणका क्रममा बिरामी भएका उनलाई पटक पटक माथि नजान आग्रह गर्दा पनि उनी मानिरहेका थिएनन् । भारतको महाराष्ट्र राज्यका नारायण ५२ वर्षका थिए ।