NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अनौठा राजारानी : कोही आमासँग सम्भोग गर्ने, कोही रगतले नुहाउने

विश्व इतिहासमा राजतन्त्रकालमा अनेकौं क्रूर शासकहरूको उदय र अवसान भएको पाइन्छ । यस्तै एक क्रूर शासक थिए, रोमका निरो, जसले आफ्नै आमा र पत्नीहरूको समेत हत्या गराएका थिए ।

सन् ५४ मा १६ वर्षकै उमेरमा आफ्नी आमाको दरबारीया षड्यन्त्रको प्रतिफल नीरो रोमको राजा भएका थिए । रोमको सीमा त्यतिबेला स्पेनदेखि उत्तरमा ब्रिटेनसम्म फैलिएको थियो ।

नीरोकी आमा अग्रीपिनाको राजदरबारमा निकै दबदबा थियो । नीरोले सत्ता सम्हालेपछि आमा नै उनकी नजिककी सल्लाहकार थिइन् । कहाँसम्म भने रोमन सिक्काहरूमा नीराका साथै आमा अग्रीपिनाको पनि तस्बिर हुन्थ्यो ।

सत्तामा आएको पाँच वर्ष नबित्दै नीरोले आफ्नै आमाको हत्या गराए । शासन सत्तामा आमाको बढ्दो हस्तक्षेप उनलाई मन परिरहेको थिएन । आमाको हत्या गर्ने नीरोको पहिलो प्रयास सफल भएको थिएन ।

उनले आमालाई समुद्र तटमा आयोजित एक समारोहमा आमन्त्रित गरेका थिए । समारोहपछि आमालाई उनले यस्तो जहाजमा राखेर फिर्ता पठाएका थिए, जुन बीच समुद्रमै डुब्ने षड्यन्त्र रचिएको थियो । यो हत्या प्रयासमा कसोकसो बाँच्न सफल आमालाई उनले कालान्तरमा राज्यद्रोहको आरोप लगाएर मारिदिए ।

मानसिक रूपमा सनकी यी राजाले क्रूरताको सीमा नाघेका थिए । बन्दीहरूलाई उनी बाघको पिंजडामा थुनिदिन्थे । अपराधीहरूको जिब्रो काटेर बाघका पिंजडामा राखिदिन्थे, ताकि उनीहरू बाघको आक्रमणको पीडाले चिच्याउनसमेत नसकून्

राजमाता अग्रीपीना वास्तवमै चरित्रहीन र दम्भी महिला थिइन् । प्राचीन रोमकी विशेषज्ञ प्राध्यापक मारिया वाएकका अनुसार अग्रीपीना छोरालाई आफ्नो नियन्त्रणमा राख्न कुन हदसम्म पुगेकी थिइन् भने नीरोसँग यौनसम्बन्ध राख्नसमेत उनी पछि परिनन् ।

नीरो र उनकी आमाबीचको यौनसम्बन्धको कुनै ऐतिहासिक प्रमाण त छैन, तर नीरोले पठाएका जल्लाद जब अग्रिपिनाकहाँ पुगे, त्यसबेला उनले आफ्नो पेटतर्फ इशारा गर्दै भनेकी थिइन्, ‘मेरो पेटमा चक्कु प्रहार गर, यहाँ नीरोको पाप हुर्कंदैछ ।’

आमाको हत्यापछि नीरोले आफ्ना दुवै श्रीमतीलाई पनि मारिदिए । आफ्नी प्रथम पत्नी अक्टेवियासँग आजित भएपछि उनले मार्ने आदेश दिए । त्यसपछि नीरोले पोपिया नामक महिलासँग प्रेम विवाह गरे । पोपिया गर्भवती भएको बेला रिसको झोकमा नीरोले उनको पनि हत्या गरिदिए । उनी नीरो हुन्, जब रोम जलिरहेको थियो, तब उनी दरबारमा बाँसुरी बजाइरहेका थिए । खासमा रोमलाई नीरोले नै जलाएका हुन् भन्ने एकथरीको दाबी छ । ताकि, उनी आफ्नै रुचि र डिजाइनको सुनै सुनको रोम बनाउन चाहन्थे ।

रगतमा रमाउने शासकहरू

रोमका अर्का शासक गायस सिजरले आफैंलाई भगवान् घोषणा गरेका थिए । उनलाई भगवान् मान्न स्वीकार नगर्नेहरूले मारिनुपथ्र्यो । मानसिक रूपमा सनकी यी राजाले क्रूरताको सीमा नाघेका थिए । बन्दीहरूलाई उनी बाघको पिंजडामा थुनिदिन्थे । अपराधिहरूको जिब्रो काटेर बाघका पिंजडामा राखिदिन्थे, ताकि उनीहरू बाघको आक्रमणको पीडाले चिच्याउनसमेत नसकून् । चार वर्षकै शासनकालमा उनले हजारौं मानिसको हत्या गराए ।

क्रूर शासकको कोटीमा रुसका जार शासक इवान (द टेरिबल) को नाम पनि अग्रपंक्तिमा आउँछ । कम उमेरमै पिताको निधनपछि अभावमै बाल्यकाल बिताएका इवान तन्नेरी भएपछि आफ्ना विरोधीहरूलाई मारेर शासनमा आएका थिए । यिनको कार्यकालमा मस्को शहर धेरै पटक जल्यो । इवानले आफ्नै छोरालाई कुटिकुटी मारेका थिए ।

फ्रान्सेली क्रान्तिका क्रममा आतंकको पर्यायकै रूपमा लिइने शासक रोबेसपियरेले देशव्यापी रूपमा विरोधीहरूको सामूहिक हत्या गराएका थिए । १८ औं शताब्दीमा कम उमेरमै उनले लाखौं मानिसको हत्या गराए । उनी आफैं हतियार बोकेर युद्धमा जान्थे । हजारौं निर्दोष मानिस मारेको अभियोगका कारण सत्ताबाट हटेपछि कुनै मुद्दा नचलाई जिलेटिनमा राखेर उनको टाउको काटियो ।

अर्का एक राजकुमार थिए, जसको नाम नै ड्रयाकुला थियो । भेलेन्सियाका राजकुमार ड्रयाकुला चलचित्रमा देखाइने पिचासजस्ता त थिएनन्, तर मान्छे मारेर रगतको खोलो बगेको देख्दा उनलाई आनन्द आउँथ्यो । उनी मानिसहरूलाई घोडाको खुट्टामुनि कुल्चाएर मार्न पाउँदा खुब रमाउँथे ।

ड्रयाकुला चलचित्रमा देखाइने पिचासजस्ता त थिएनन्, तर मान्छे मारेर रगतको खोलो बगेको देख्दा उनलाई आनन्द आउँथ्यो । उनी मानिसहरूलाई घोडाको खुट्टामुनि कुल्चाएर मार्न पाउँदा खुब रमाउँथे

यसैकारण उनी ‘ब्लड द इम्पलर’ उपनामबाट पनि कुख्यात थिए । यिनले भेलेन्सियाको कुल जनसंख्याको २० प्रतिशत अर्थात् चौधौं शताब्दीतिरको एक लाख मानिसलाई अनेक यातना दिएर मारेका थिए । सन् १४७६ मा जब ड्रयाकुलाको निधन भयो, त्यसपछि बल्ल मानिसहरूले राहतको श्वास लिएका थिए ।

बेल्जियमका राजा लियोपार्ड द्वितीयले कंगोमा लाखौं मानिस मारे । उनले केन्द्रीय अफ्रिकाको कंगोमा १४ पटकसम्म भीषण नरसंहार मच्चाए । सन् १८६५ मा उनको निधन भयो । जर्मनीका नाजी शासक एडल्फ हिटलरले लाखौं यहुदीहरूलाई एकै चिहान बनाए । दोस्रो विश्व युद्ध मच्चाउने यी क्रूर शासकले यहुदीहरूलाई ग्यास चेम्बरमा राखेर मारेका थिए । अन्तमा रुसी सेनाको आक्रमणबाट बर्लिन शहर घेराउमा परेपछि हिटलरले आत्महत्या गरेको बताइन्छ ।

भारतमा पनि कैयौं क्रूर शासकको उदय भयो । यसमा सबैभन्दा बढी क्रूर शासकका रूपमा औरंगजेब मानिन्छ । मुगल साम्राज्यका पालामा शाहजहाँ र मुमताजका छोरा औरंगजेबले गद्दीको लोभमा कसैलाई बाँकी राखेनन् । उनले गद्दी हत्याउन आफ्नै पिता शाहजहाँलाई बन्दी बनाए भने भाइ भतिजाहरूको हत्या गरेका थिए ।

सिरियल किलर महारानी

भनिन्छ, कुमारी युवतीको रगतबाट नुहाएमा आफ्नो सौन्दर्य कायम राख्न सकिन्छ भनेर महारानीलाई कसैले सल्लाह दिएको थियो । सदावहार सुन्दरी भइरहन नै उनले यसरी कन्याहरूको हत्या गरेकी थिइन्

सोह्रौं शताब्दीतिर हंगेरीमा एउटी यस्ती महारानी थिइन्, जो खुंखार सिरियल किलर मात्र थिइनन्, कुमारी युवतीलाई मारेर तिनको रगतबाट नुहाउँथिन् ।

उनको नाम । महारानी एलिजाबेथ बाथरी थियो । सन् १५८५ देखि १६१० बीच महारानी बाथरीले ६ सयभन्दा बढी कुमारी युवतीलाई मारेर तिनको रगतले स्नान गरिन् । भनिन्छ, कुमारी युवतीको रगतबाट नुहाएमा आफ्नो सौन्दर्य कायम राख्न सकिन्छ भनेर महारानीलाई कसैले सल्लाह दिएको थियो । सदावहार सुन्दरी भइरहन नै उनले यसरी कन्याहरूको हत्या गरेकी थिइन् ।

सिरियल किलर बाथरीले कन्या कुमारीको हत्यापछि उनीहरूमाथि बर्बरता र घृणित हर्कतसमेत गर्थिन । मृत युवतीको शरीरबाट उनी दाँतले टोकेरै मासु निकाल्थीन् । उनलाई यस्तो घृणित काममा सघाउन तीन जना नोकर पनि साथमै हुन्थे ।

एलिजाबेथ बाथरीको विवाह फेरेन्क न्याडेस्की नामक व्यक्तिसँग भएको थियो जो टर्कीविरुद्धको युद्धमा हंगेरीका राष्ट्रिय हिरो थिए । युवतीहरूलाई आफ्नो चंगुलमा फसाउन महारानी बेथरी निकै ठूलो षड्यन्त्र रच्थिन् । उच्च हैसियतकी महिला भएकाले उनले वरिपरिको गाउँका गरिब युवतीलाई दरिलै पारिश्रमिक दिएर काम गर्ने प्रलोभनका साथ महलमा ल्याउँथिन् । महलमा कामदारका रूपमा आउने तिनै युवतीलाई विभिन्न आरोपमा फसाएर मार्ने र तिनको रगतबाट स्नान गर्थिन् ।

महारानीको यस्तो खुनी सोखका कारण गाउँमा युवतीको संख्या कम हुन थाल्यो । त्यसप्रति महारानीले उच्च घरानाका युवतीलाई आफ्नो शिकार बनाउन थालिन् । अन्ततः हंगेरीका राजाले एकदिन उनको यस्तो क्रूर हर्कतबारे थाहा पाए ।

राजाले यसबारे अनुसन्धान प्रारम्भ गरे । यसै सिलसिलामा जब अनुसन्धानकर्ताहरू महारानीको महलमा पुगे, उनीहरू त्यहाँको हाल देखेर आश्चर्यचकित परे । उनीहरूले महारानीको महलबाट कैयौं युवतीको कंकाल र सुन चाँदीका गहना बरामद गरे ।

सोह्रौं शताब्दीतिर हंगेरीमा एउटी यस्ती महारानी थिइन्, जो खुंखार सिरियल किलर मात्र थिइनन्, कुमारी युवतीलाई मारेर तिनको रगतबाट नुहाउँथिन्

अन्ततः सन् १६१० मा एलियाबेथ बाथरीलाई उनको यस्तो क्रूर र घिनलाग्दो अपराधका लागि पक्राउ गरियो । उनलाई फाँसी त दिइएन, तर एउटा कोठामा बन्द गरेर
राखियो । चार वर्षपछि सन् १६१४ अगस्त २१ मा उनको बन्द कोठामै निधन भयो ।

रानी क्याथरिनका किस्साहरू

अब किस्सा, रुसकी महारानी क्याथरिन द ग्रेट द्वितीयको । सन् १७२९ देखि १७९६ सम्म रुसमा एकछत्र राज गरेकी क्याथरिन एक शक्तिशाली महिला थिइन् । पति पिटरसँग सम्बन्धविच्छेद भएपछि उनले आफ्नो दरबारमा सयौं यौन दास राखेकी थिइन् ।

रानीका हरेक सानातिना कामका लागि कुमार तन्नेरीहरू सेवामा हाजिर हुन्थे । उनको दरबारमा महिला कामदार कोही थिएनन्, सबै केटाहरू मात्र हुन्थे । उनी आफ्ना निजी हरेक अन्तरंग काम पनि तिनै युवा दासहरूमार्फत गराउँथिन्, जसमा यौनसम्पर्कसमेत पथ्र्यो ।

पति पिटरसँग क्याथरिनको सम्बन्ध राम्रो थिएन । रानीको बायोग्राफी ‘क्याथरिन द ग्रेट–लभ सेक्स एण्ड पावर’मा उल्लेख भए अनुसार आठ वर्षसम्म यो दम्पतीबाट कुनै सन्तान भएनन्, जसले गर्दा जनमानसमा पिटर नामर्द भएको हल्ला चल्न थाल्यो ।

क्याथरिनसँग पिटरको सम्बन्धमा खटपट हुन थाल्यो । पिटर दरबारमै सुर, सुरा र सुन्दरीमै डुब्न थाले । नामर्द पिटर मदिरामा डुब्न थालेपछि क्याथरिन पनि आफ्नै सेनापतिसँग विवाहेत्तर सम्बन्धमा रमाउन थालिन् ।

यसैबीच क्याथरिनले पहिलो छोरा पललाई जन्म दिइन् । पिटर नामर्द भएको हल्ला चलिसकेको थियो, त्यसैले यो छोरा क्याथरिन र सेनापतिको भएको मानियो । क्याथरिनले यसबीचमा कैयौं प्रेमी फेरिरहिन् र बच्चाहरूको जन्म दिइरहिन् । तर, हरेक पटक पिटरको कथित नामर्दपनमाथि प्रश्न उठिरह्यो ।

म्युजियम सिक्रेट डट टिभीमा देखाइएको ‘हरमिटेट स्टेट्स सिक्रेट्स’ नामक एपिसोडमा देखाइए अनुसार रानीले दरबारकै छेउमा एउटा सेक्स सैलुन पनि बनाएकी थिइन् । उनका अनौठा सोखहरू थिए । आफना सेवकसँग शारीरीक सम्पर्क सामान्य थियो ।

क्याथरिनको निधनपछि शासक बनेका पलले जब उनको महलको छानबिन गरे, छेउमै गुप्त ढंगले निर्मित सेक्स सैलुन फेला प¥यो । त्यहाँ यौन कलाकृतिसहितको मसाज गर्ने कुर्सी पनि भेटियो । यो कुर्सीमा सम्भोगरत महिला र पुरुषहरूको आकृति बनाइएको थियो ।

भनिन्छ, सेक्स सैलुनमा रानी आफ्नो यौन आकांक्षा पूर्ति गर्न ब्याचलर पार्टीको आयोजना गर्ने गर्थिन, जहाँ राज्यका तन्नेरी कुमारहरूलाई डाकिन्थ्यो । रानी ती युवकहरूसँग यौनसम्पर्क राख्थिन् । उनको यो दरबारलाई ‘पेटिट हरमिटेज’ नाम दिइएको थियो । अहिले पनि रुसको ‘स्टेट हरमिटेज म्युजियम’मा यौन आकृतिवाला त्यो कुर्सी देख्न पाइन्छ ।

रानीको मृत्यु शौचालयको कमोडमा बस्दा हृदयघातबाट भएको भन्ने एकथरी इतिहासकारहरूको दाबी छ । तर कतिपय इतिहासकारहरूका अनुसार उनको मृत्यु घोडासँग सम्भोग गर्दा भएको थियो

रानीको मृत्यु शौचालयको कमोडमा बस्दा हृदयघातबाट भएको भन्ने एकथरी इतिहासकारहरूको दाबी छ । तर कतिपय इतिहासकारहरूका अनुसार उनको मृत्यु घोडासँग सम्भोग गर्दा भएको थियो ।

रानी घोडाको सौखिन थिइन् । सयौं घोडा पाल्ने अस्तबल र युवक सेवकहरू भएकाले घोडासँग रानीको विशेष सम्बन्ध थियो भन्ने पुष्टि हुन्छ । उनी जनावरहरूसँग अनैतिक सम्बन्ध राख्थिन भन्ने कतिपय इतिहासकारहरूको दाबी छ ।

‘क्याथरिन द ग्रेट–लभ सेक्स एन्ड पावर’ पुस्तकमा पनि के उल्लेख छ भने रानीको मृत्युलाई लिएर रुसमा घोडावाला किस्सा निकै चर्चित थियो । यद्यपि, रुसी महलका आधिकारिक प्रवक्ताले चाहिँ रानीको निधन घोडा राख्ने अस्तबलमा हृदयघातका कारण भएको बताएका थिए ।