NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सर्वाधिक सफल क्लब युनाइटेड च्याम्पियन्स लिगमा त के युरोपा लिगमा समेत छनोट हुन सकेन

काठमाडौं । इंग्लिस प्रिमियर लिगको सर्वाधिक सफल क्लब म्यानचेस्टर युनाइटेडले अर्को वर्ष च्याम्पियन्स लिग नखेल्ने निश्चित भएको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति तुलनात्मक कमजोर क्लब ब्राइटनसँग ४–० को लज्जास्पद हार ब्यहोरेपछि तीन पटकको विजेता युनाइटेडको एक खेलअघि नै च्याम्पियन्स लिग खेल्ने सम्भावना सकिएको हो ।

यस हारसँगै सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित युनाइटेड ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

युनाइटेडले युरोपा लिगमा समेत स्थानमा बनाउन सकेन । युनाइटेड अहिले कन्फ्रेन्स लिगको स्थानमा छ ।

प्रिमियर लिगमा शीर्ष ४ मा रहेका टोलीले मात्र युरोपकै सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता खेल्न पाउँछन् ।

पाँचौ स्थानमा रहनेले युरोपा लिग तथा छैटौंमा रहनेले कन्फ्रेन्स लिग खेल्न पाउँछन् । युनाइटेडले कन्फ्रेन्स लिग खेल्ने भने निश्चित भएको छ ।

युनाइटेड इग्लिस फुटबल लिगको सर्वाधिक सफल क्लब हो । उसले सर्वाधिक २० पटक इंग्लिस शीर्ष लिग जितेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष