प्रचण्डको अभिव्यक्तिको बचाउ गर्दै रेनुले दिइन् यस्तो जवाफ
काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले भरतपुरमा भएको आमसभामा आफ्ना बुवा पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको बचाउ गरेकी छिन् ।
भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रचण्डले बोलेको कुराको अपव्याख्या भइरहेको बताइन् ।
प्रचण्डले राष्ट्रभक्तिपूर्ण अभिव्यक्ति दिएको तर त्यसलाई ट्वीस्ट गरिएको उनको भनाइ थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको ज्यादतिविरुद्ध बनेको गठबन्धन टुट्यो भने देश दुर्घटनामा जान्छ भनेर प्रचण्डले सचेतमात्र गराएको रेनुले दाबी गरिन् ।
‘प्रचण्डको राष्ट्रप्रेमपूर्ण भावनालाई गतल अर्थ लगाइयो । अलि अपव्याख्या गरियो । खासमा उहाँले एकदम सकरात्मक सोचका साथ भन्न खोज्नु भएको हो’, उनले भनिन् ।
यही २२ वैशाखमा चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त आमसभामा प्रचण्डले रेनुको टिमलाई नजिताए देश गम्भीर दुर्घटनामा पर्ने अभिव्यक्ति दिएका थिए । यस अभिव्यक्तिलाई कतिपयले मतदातालाई धम्की दिएको भन्दै आलोचना गरिरहेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया