NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

हेर्नुहोस् सोमबारका पत्रपत्रिकाको फ्रन्टपेज

काठमाडौं । राष्ट्रिय दैनिक पत्रिकाहरू आज पनि स्थानीय तह निर्वाचनमय छन् । कुनैले स्थानीय तह निर्वाचनको सुरक्षाबारे समाचार बनाएका छन् भने कुनैले बालबालिका प्रयोग, आचारसंहिताको पालनालगायत विषयमाथि नजर लगाएका छन् ।

चुनाव प्रचारमा बालबालिका प्रयोग गरिएको कान्तिपुरले लेखेको छ । कान्तिपुरका अनुसार बालबालिकालाई चुनाव चिह्न अंकित टिसर्ट, टोपी र स्टिकर दिएर सभा–जुलुसको संख्या बढाउन प्रयोग गरिएको छ । त्यसैगरी, दलका कार्यक्रममा भाषण गर्न, नाचगान गर्न तथा नारा लगाउन र पर्चा बाँड्न पनि बालबालिकालाई लगाइएको छ ।

नयाँ पत्रिका दैनिकले स्थानीय तह निर्वाचनलाई सुरक्षासँग जोडेर मुख्य समाचार बनाएको छ । सरकारी मुखपत्र गोरखापत्रको नजरचाहिँ काठमाडौंको नालामाथि परेको छ । रुस–युक्रेनबीच युद्ध जारी रहे पनि यी देशका नागरिकले मिलेर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकोलाई गोरखापत्रले एंकर बनाएको छ ।

कारोबारमा अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँबारे खबर छ भने राजधानीले आचारसंहिता पालनमा दलको अवस्थाबारे चिहाएको छ ।