NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

युद्धग्रस्त युक्रेनमा बाइडन पत्नी जिल

काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडनकी पत्नी जिल युक्रेन पुगेकी छन् । रुसले युक्रेनमाथिको आक्रमण गरिरहेका बेला जिल युक्रेन पुगेकी हुन् ।

युक्रेन पुगेकी जिलले त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पत्नी ओलेना जेलेन्स्कासँग भेट गरेकी छन् । युक्रेनको सीमावर्ती शहर उज्होरेडस्थित विस्थापितको आश्रयस्थलका रूपमा प्रयोग गरिएको विद्यालयमा दुईबीच भेट भएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि जेलेन्स्का पहिलोपटक सार्वजकि कार्यक्रममा देखिएकी हुन् ।

उनीहरूले आश्रयस्थलमा राखिएका बालबालिकासँग केहीबेर खेलेको बिबिसीले लेखेको छ । बाइडन पत्नी जिलले अमेरिकाका जनता युक्रेनको पक्षमा उभिएको देखाउन चाहेको  बताइन् ।

उनले जारी युद्ध क्रूर रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । युद्धग्रस्त युक्रेनको भ्रमण गर्ने कार्य साहसिक भन्दै जेलेन्स्काले जिलको प्रशंसा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।