NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

औरहीमा माओवादी र नेकपा एसबीच गठबन्धन

जनकपुर । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले धनुषाको औरही गाउँपालिकामा चुनावी गठबन्धन गरेको छ ।

आसन्न निर्वाचनमा माओवादीले गाउँपालिका अध्यक्ष र नेकपा एसले उपाध्यक्ष लिएर चुनावी गठबन्धन गरेको जनाएको छ ।

माओवादीका धनुषा अध्यक्ष दीपककुमार यादव र नेकपा एसका अध्यक्ष रामचन्द्र पण्डितले गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै दलबीच औरही गाउँपालिकाको अध्यक्षसहित वडा नं. १, ३, ५ र ६ नम्बर वडाको वडाध्यक्ष माओवादीले र उपाध्यक्षसहित वडा नं २ र ४ को वडाध्यक्ष नेकपा एसले लिएर गठबन्धन गर्ने सहमति गरिएको जनाइएको छ । सहमतिसँगै दुवै दलले संयुक्तरुपमा चुनावी प्रचारप्रसार सुरु गरेका छन् ।