NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

काठमाडौंकाे तारकेश्वरमा ४० मतदान केन्द्र

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौंको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ ।

१४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिए । तारकेश्वरमा ५७ पदका लागि २७२ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये नगरप्रमुखमा १६ र उपप्रमुखमा छ जनाले उम्मेदवारी दिएको जनाइएको छ ।

उक्त नगरपालिकामा विभिन्न १० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिमसमेत प्रदान गरिसकेको उनले बताए ।

यस्तै, निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको उनको भनाइ छ ।

काठमाडौं जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेका साङ्ला, जीतपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर बनाइएको तारकेश्वरमा ११ वडा कार्यालय छन् । तारकेश्वरमा कूल ३५ हजार ८२ मतदाता छन् ।

तारकेश्वरमा नेपाली कांग्रेसबाट प्रमुखमा कृष्णहरि महर्जन र उपप्रमुखमा सिर्जना बुर्लाकोटी, नेकपा (एमाले)बाट प्रमुखमा रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेल उम्मेदवार छन् ।