NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

टस जितेर फिल्डिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११

काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले अहिले फिल्डिङ गरिरहेको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

वर्षाका कारण ५० ओभरको खेल खेल ३३ ओभरमा छुट्याइएको छ ।

यसअघि दुई टोलीले एक–एक खेल जितेका छन् । यसर्थ, यो निर्णायक खेल हो ।

जिम्बावेले १.३ ओभरमा विनाविकेटको क्षतिमा १४ रन बनाएको छ ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आरिफ शेख र सागर ढकालको स्थानमा बसिर अहमद र किशोर महतोलाई मौका दिएको छ ।

नेपालको सुरुवाती ११ :

सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।