NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

डेब्युमै लिए किशोरले पाँच विकेट

काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले नवौं सफलता हासिल गरेको छ ।

डेब्यु गरेका किशोर महतोले नवौंं सफलता दिलाएका हुन् । जारी खदेलमा उनले यसअघि यसअघि ४ विकेट लिइसकेका छन् । पुनः १ विकेट लिएसँगै डेब्युमै उनको ५ विकेट पुगेको छ ।

सात ओभर बलिङ गरेका उनले ४३ रन खर्चँदै ५ विकेट लिएका हुन् ।

यसैबीच करण केसीले नेपाललाई अर्को सफलता दिलाएका छन् ।

यससँगै जिम्बावेले ३१.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको छ ।

नेपालको सुरुवाती ११ :

सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।

सोमपालले दिलाए नेपाललाई आठौं सफलता