NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

डेब्युमै पाँच विकेट लिएर सनसनी मच्चाएका किशोर को हुन् ?

काठमाडौं । जिम्बावे ए विरुद्धको एकदिवसीय खेलमा नेपालको तर्फबाट डेब्यु गरेका २२ वर्षीय किशोर महतोले सनसनीपूर्ण प्रदर्शन गरेका छन् । उनले टेस्ट टोलीका खेलाडीसमेत समावेश भएको जिम्बावेविरुद्ध डेब्युमै पाँच विकेट लिएर सनसनी मच्चाएका हुन् ।

सात ओभर बलिङ गरेका किशोरले ४३ रन खर्चँदै ५ विकेट लिएका हुन् । उनले एक मेडन ओभर पनि फालेका छन् ।

नवलपुरमा जन्मिएका किशोरले आठ वर्षको उमेरदेखि नै साथीहरूसँग क्रिकेट खेल्न थालेका थिए । यद्यपि, उनले पहिलोपटक चितवन गएर क्रिकेट प्रशिक्षण लिएका थिए ।

किशोरले चितवन क्रिकेट एकेडेमीमा राजु खड्कासँग प्रशिक्षण लिएका हुन् । खड्का वर्तमान कप्तान सन्दीप लामिछानेका पनि पहिलो प्रशिक्षक हुन् ।

तीव्र गतिका बलर किशोरको घरेलु र उमेर समूहका क्रिकेट प्रतियोगिताहरूमा प्रदर्शनको तथ्यांक राम्रो छ । किशोरले नेपाली यू–१९ टोलीका लागि खेलिसकेका छन् ।

किशोर ०७६ मा थाइल्याण्डमा भएको एसिसी इस्टर्न रिजन टि–२० क्रिकेटमा पहिलोपटक राष्ट्रिय टिममा परेका थिए । आज एकदिवसीमा डेब्यु गरेका हुन् ।

जिम्बावेद्वारा नेपालसामु २१४ रनको लक्ष्य प्रस्तुत