NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेप्सेले वैशाख २५ गतेको सूचनामा रहेको गल्ती सच्चायो, यस्तो थियो गल्ती

काठमाडाैं । नेपाल स्टक एक्सचेन्च लिमिटेड (नेप्से)ले वैशाख २५ गते आइतबारमा निकालेको सूचनामा रहेको गल्ली सच्चाएको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आइतबारको सूचना सच्चाएको जनाएको हो ।

उक्त सूचनामा वैशाख १३ गते बसेको मन्त्री परिषद्को बैठकले जेठ १ गते देखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हुनुपर्नेमा बैशाख २५ गतेको बैठक हुन गएको भन्ने सूचना सच्चाएको जनाएको छ ।

सरकाले जेठ १ गतेबाट आइतबार र शनिबार सार्वजनिक बिदा दिने भएसँगै नेप्सेले पनि जेठ १ गतेबाटै लागू हुने गरी सोमबारदेखि शुक्रबारसम्म सेयर बजार कारोबार हुने सूचना जारी गरेको हो ।