NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

सुनको मूल्य ७०० रूपैयाँ घट्यो

काठमाडाैं । सोमबार सामान्य बढेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य आज ७ सय रूपैयाँ घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रूपैयाँमा कारोबार भइरहेको हो । सोमबार सुनको मूल्य ९८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार स्थिर चाँदी आज  तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार २८५ रूपैयाँमा कारोबार भएको थियो ।