NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जेलमा हिंसा भड्किँदा ४४ कैदीको मृत्यु, १०८ फरार

इक्वेडर । इक्वेडरको एक जेलमा भएको भयानक हिंसात्मक घटनामा परी सोमबार कम्तीमा ४४ कैदीको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार घटनामा परी अन्य १०० भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन् ।

क्विटोबाट करिब ८० किलोमिटर टाढा इक्वेडरको मध्यभागमा अवस्थित सान्टो डोमिङ्गो डे लस कोलोराडोसको बेलाभिस्टा जेलभित्र प्रतिद्वन्द्वी लस लोबोस र आर ७ गिरोहबीच झगडा हुँदा ती कैदीको मृत्यु भएको हो ।

जेलमा जारी हिंसाको क्रममा १०८ कैदी फरार भएका छन् भने जेलबाट भागेका ११२ जनालाई पुनः पक्राउ गरिएको प्रहरी प्रमुख फाउस्तो सलिनास्ले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष