NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अवतार : द वे अफ वाटरको टिजर सार्वजनिक

काठमाडौं । हलिउडको बहुप्रतिक्षित चलचित्र ‘अवतारः द वे अफ वाटर’ को टिजर सार्वजनिक भएको छ ।

फिल्म २०२२ को डिसेम्बर १६ बाट सिनेमाघरमा रिलिज हुनेछ । भारतमा यो फिल्म तमिल, तेलुगु, हिन्दी, कन्नड र मलायालम भाषामा रिलिज हुनेछ ।

अवतारः द वे अफ वाटरलाई जेम्स क्यामरुनले निर्देशन गरेका हुन् । फिल्मको स्टार कास्टमा साम वर्थिङ्टन, स्टीफन लाङ, केट विन्सलेट र विन डिजेलको नाम रहेको छ ।

अवतारः द वे अफ वाटरको पहिलो भाग सन् २००९ मा रिलिज भएको थियो । अवतारले विश्वभर करिब २० हजार करोडको बक्स अफिस कलेक्सन गरेको थियो ।