NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नेप्से निरन्तर उकालो यात्रामा, १ अर्ब ३५  करोडको कारोबार

काठमाडाैं । धितोपत्र बजारको सेयर कारोबार मापक नेप्से परिसूचकमा बढ्ने क्रम जारी छ । आइतबारयता लगातार उकालो लाग्दै आएको बजारले गति समात्दा बजारले आज अर्को नयाँ विन्दु समातेको छ ।

नेपाल स्टक एक्सेञ्ज(नेप्से) का अनुसार आज नेप्से ४४.१६ अंकले बढेर २३१३.०० विन्दुमा पुगेर बन्द भएको छ ।  त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.६७ अंकले बढेर ४७४.१४ विन्दुमा बन्द भएको छ । आज २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार १३ उपसमूहकै परिसूचक बढेको छ । यस दिन वित्त कम्पनीको सबैभन्दा धेरै ३.२७ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर ३.८, विकास बैंकको २.६५, लगानीको २.२९, जीवन बीमा कम्पनीको २.०२ प्रतिशतले बढेको छ ।

बैंकिङ, होटल तथा पर्यटन, नीर्जीवन बीमा कम्पनी, उत्पादन, लघुवित्तको परिसूचक १ प्रतिशतको हाराहारीमा बढेको छ । सामूहिक लगानी कोष र व्यपारको एक प्रतिशतभन्दा कमले परिसूचक घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा न्यादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ९ करोड ९८ लाख ३ हजार ७० रूपैयाँ सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरूण भ्याली हाइड्रोपावर  डेपलभमेन्ट लिमिटेडको ४ करिड २५ लाख २३ हजार ९१७ रूपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार बरूण हाइड्रो पावर, न्यादी ग्रुप पावर लिमिटेड र जाल्पाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तीन वटै कम्पनीका लगानीकर्ताले १० प्रतिशतक दरले कमाएका छन् ।

त्यस्तै आज एनआबिएल समृद्धि फण्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.८२ प्रतिशतका दरले गुमाएका छन् ।