‘एक असाधारण अन्तर्वार्ता’मा अद्भुत कथा

काठमाडौं । चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनुदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का शीर्षकथालगायत ६ कथा समाविष्ट छन् ।
निराला पब्लिकेसन्स नयाँदिल्लीद्वारा प्रकाशित सो सङ्ग्रहका कथाहरू अतीतावलोकन (पुरानो स्मृतिलाई अगाडि ल्याउने) गरी प्रस्तुत गरिएको छ । धेरै पुरस्कारहरू प्राप्त प्रा मा पूर्वस्मृति शैलीमा नाम कहलिनुभएका आख्यानकार मानिनुहुन्छ । हालसम्म उनका कृति २० भन्दा बढी भाषामा ४० देशमा ६० औँ संस्करणसम्म पनि प्रकाशन भएका छन् ।
आधुनिक चीनका निम्नवर्गीय पात्रहरूजस्तै लठ्यौरा, मूर्ख, बौलाहा आदिको चित्रण गरिएका ती कथामा अद्भुत व्यङ्ग्य पाइन्छ । एक कथाको चरित्र अर्को कथाका चरित्रसँग मिल्दाजुल्दा पनि भेटिन्छन् ।
अनुवादक शर्माले नेपाली समाजसँग पनि मिल्दाजुल्दा ती कथाहरूमा चीनको सांस्कृतिक परिवर्तनदेखि आधुनिक विकाससम्मको पृथक परिचय पाइने बताए ।
ताजा अपडेट
-
उपाधिका लागि निर्णायक खेल जारी : पहिलो हाफ लिभरपुल बराबरीमा, सिटी एक गोलले पछि
-
इन्धनमा भारी मूल्यवृद्धि, पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास सबैमा बढ्यो
-
कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी, कति सुरक्षित ?
-
ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
-
अब ३५ पालिकाको नतिजा आउन बाँकी
प्रतिक्रिया