छालाको समस्याका लागि नरिवलको तेल
काठमाडाैं । नेपालीहरुको भान्सा भान्सामा र घरमा नरिवलको तेल लामो समयदेखि प्रयोग हुँदै आएको छ । खानपानदेखि लिएर सुन्दर अनुहार र बलियो कपालसम्म नरिवलको तेलको माग धेरै हुन्छ । तर, स्वास्थ्यको दृष्टिकोणले पनि यो निकै फाइदाजनक छ ।
नरिवलको तेल छालाका लागि निकै राम्रो मानिन्छ । यसले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । नरिवल तेल प्राकृतिक माेइस्चराइजरकाे रूपमा प्रयाेग गर्न सकिन्छ ।
घरमै क्लिजिङ गर्न पनि नरिवलको तेल प्रयाेग गर्न सकिन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाएर अनुहारमा लगाउँदा छाला सफा हुन्छ ।
त्यस्तै छालाकाे चाउरीपना हटाउन पनि नरिवलकाे तेलमा बेसार र दूध मिसाएर लगाउन मिल्छ ।
नरिवलकाे तेलमा भिटामिन ई क्याम्पसुल मिसाएर प्रयाेग गर्दा छाला चम्किलाे हुन्छ ।
स्किनलाई हाइड्रेट राख्न पनि हामी नरिवल तेलकाे प्रयाेग गर्न सक्छाैं ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया