NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

छालाको समस्याका लागि नरिवलको तेल

काठमाडाैं । नेपालीहरुको भान्सा भान्सामा र घरमा नरिवलको तेल लामो समयदेखि प्रयोग हुँदै आएको छ । खानपानदेखि लिएर सुन्दर अनुहार र बलियो कपालसम्म नरिवलको तेलको माग धेरै हुन्छ । तर, स्वास्थ्यको दृष्टिकोणले पनि यो निकै फाइदाजनक छ ।

नरिवलको तेल छालाका लागि निकै राम्रो मानिन्छ । यसले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । नरिवल तेल प्राकृतिक माेइस्चराइजरकाे रूपमा प्रयाेग गर्न सकिन्छ ।

घरमै क्लिजिङ गर्न पनि नरिवलको तेल प्रयाेग गर्न सकिन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाएर अनुहारमा लगाउँदा छाला सफा हुन्छ ।

त्यस्तै छालाकाे चाउरीपना हटाउन पनि नरिवलकाे तेलमा बेसार र दूध मिसाएर लगाउन मिल्छ ।

नरिवलकाे तेलमा भिटामिन ई क्याम्पसुल मिसाएर प्रयाेग गर्दा छाला चम्किलाे हुन्छ ।

स्किनलाई हाइड्रेट राख्न पनि हामी नरिवल तेलकाे प्रयाेग गर्न सक्छाैं ।