NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सुनको मूल्य ८०० रूपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं ।  बुधबार घटेको सुनको मूल्य बिहीबार बढेको छ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुन तोलाम ८ सय रूपैयाँ बढेर ९७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावल सुन एक हजार रूपैयाँ घटेर ९७ हजार रूपैयाँमा कारोबार भएको थियो । मंगलबार ७ सय रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार सुनको मूल्य ९८ हजार ७ सय रूपैयाँ र आइतबार ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।बुधबार तोलामा ३० रूपैयाँ घटेको चाँदी आज ५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २५० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी एक हजार २४५ रूपैयाँमा कारोबार भएको थियो ।