NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै

काठमाडौं । बिहिबार अन्तर्राष्ट्रिय नर्स दिवस हो । प्रत्येक मे १२ मा उक्त दिवस मनाइन्छ ।

देशभर विविध कार्यक्रम गरी नर्स दिवस मनाइँदै छ । नर्स दिवसको उपलक्ष्यमा सम्बन्धित कलेज तथा संघसंस्थाले कार्यक्रम आयोजना गरेका छन् ।

उक्त दिवस ‘नर्सहरुः नेतृत्व गर्ने एउटा आवाज–नर्सिङमा लगानी गरी विश्व स्वास्थ्य सुनिश्चित गर्न अधिकारहरुको सम्मान गर्रौ’ नारासहित मनाउन लागिएको हो ।

नेपाल नर्सिङ परिषदको तथ्यांक अनुसार नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका नर्स गरी ४८ हजार ९ सय भन्दा बढी नर्स कार्यरत छन् ।

नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिगेलको जन्मदिनको सम्झनामा नर्सिङ दिवस मनाइन्छ ।