NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आजबाट ७९ हजार ८७३ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँको  दरले  सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसमा असार १ गतेभित्र बिक्री प्रबन्धक एनआईबीएल एस लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।