मोदीको भ्रमण तालिका : मायादेवीमा प्रार्थना, सभाहलमा सम्बोधन
काठमाडौं । भारतीय प्रधामन्त्री नरेन्द्र मोदी आउँदो सोमबार पाँचौपटक नेपाल भ्रमणमा आउने भएका छन् । बुद्ध जयन्तीको छेकोमा मोदी लुम्बिनी भ्रमणमा आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमण तालिका सार्वजनिक गरेको छ ।
भ्रमणको दौरान मोदी मायादेवी मन्दिरमा हुने प्रार्थनामा सहभागी हुनेछन् । जहाँ उनका नेपाली समकक्षी शेरबहादुर देउवा पनि हुनेछन् ।
देउवा र मोदीले लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणको शिलान्यास गर्ने अर्को कार्यक्रम पनि राखिएको छ । पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा आयोजना हुने विशेष समारोहलाई पनि दुई देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।
भेटमा दुई प्रधानमन्त्रीबीच आपसी हितका विषयमा वार्ता हुने जनाइएको छ । प्रधानमन्त्री देउवाले भ्रमणमा रहेका प्रतिनिधिमण्डलको दलको सम्मानमा दिवाभोजको आयोजन गर्नेछन् ।
परराष्ट्रमन्त्री नारायण खड्काले पनि मोदीलाई लुम्बिनीमै भेट्ने सेड्युल छ । यसअघिको नपाल भ्रमणमा पनि लुम्बिनी जान खोजेका प्रधानमन्त्री विभिन्न कारणवश जान पाएका थिएनन् ।
मोदी सोही दिन स्वदेश फर्किंने कार्यक्रम छ ।
मोदीको भ्रमणले दुई देशबीचको समाजिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने विश्वास लिइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया