NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

मतदान गरेर फर्किदै गर्दा एक बृद्धको मृत्यु

बैतडी । बैतडीमा मतदान गरेर फर्किदै गर्दा एक वृद्धको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको हो ।

उनले विहान ८ बजे सनातन धर्म मावि खोचलेक पुगेर मतदान गरेका थिए । मतदानस्थलबाट बाहिरिदै गर्दा उनी एक्कासी बेहोस भएका थिए ।

उनलाई थप उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको