NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बाबुरामलाई लागेन आचारसंहिता !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतदानको सामान्य आचारसंहितासमेत उल्लंघन गरेका छन् । सामान्यतया, मतदानस्थलमा मतदान गर्न जाँदा मोबाइल लान पाइँदैन तर भट्टराईले मोबाइलबाट नजिकै गएर खिचेको तस्बिर सामाजिक सञ्जालहरूमा सार्वजनिक गरेका छन् ।

यतिमात्र होइन भट्टराईले मतपत्रमा स्वस्तिक छाप लगाएको फोटोसमेत सार्वजनिक गर्न सफल भएका छन् ।

भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

सो क्षेत्रमा जसपाले नेकपा (एमाले)सँग तालमेल गरेको छ । अध्यक्ष केपी शर्मा ओली र एमालेप्रति आक्रमक देखिएका भट्टराईले सम्भवत: एमालेलाई नै मत दिएका छन् । यहाँ मेयर जसपा र उपमेयर एमालेले लिएको छ ।