NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

स्याङ्जा जिप दुर्घटना : कम्तीमा १३ को मृत्यु, १२ घाइते

काठमाडौं । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

सिख्रेबाट वालिङ मतदान केन्द्रतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१४ मा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते १२ को स्थानीय, प्रहरीले उद्धार गरेर उपचारका लागि पठाएका छन् ।

दुर्घटनाग्रस्त जिप सडकबाट ५०० मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष