NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

संसद् भवनअगाडि सिलिन्डर बिस्फोट

काठमाडौं । नयाँ बानेश्वरको संसद भवन अगाडि सिलिन्डर बिस्फोट भएको छ । संसद भवनको एक नम्बर गेट अगाडी बिहान ३ बजेतिर सिलिन्डर बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

घटना बिहानैको भएपनि प्रहरीले यो घटना गोप्य राखेको थियो । प्रहरीले घटना गराउने व्यक्तिको खोजी कार्य जारी राखेपनि अहिलेसम्म पत्ता लागेको छैन । सिलिण्डर कसले विस्फोट गरेको भन्ने खुल्न सकेको छैन ।

शुक्रबार देशभरका स्थानीय तहहरुमा निर्वाचन भइरहेको छ। निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाएको  छ । केही स्थानमा झगडा, कुटपिटजस्ता घटना घटेपनि सबै ठाउँमा शान्तमय ढंगबाट मतदान भइरहेको छ ।