मतदानका क्रममा गोरखामा गोली चल्यो, कर्मचारी घाइते

काठमाडौं । स्थानीय तह निर्वाचनका क्रममा गोरखामा गोली चलेको छ । भीमसेन थापा गाउँपालिका २ को ताराखसे मतदान केन्द्रमा गोली चलेको हो । एमाले, कांग्रेस, माओवादी कार्यकर्ताबीच विवाद बढ्दै जाँदा स्थिति तनावग्रस्त बनेको हो ।
अज्ञात समूहबाट गोली चल्दा निर्वाचनका लागि खटिएकी कर्मचारी मनिषा थापालाई गोली लागेको हो । २२ वर्षीया उनलाई घुँडामुनी गोली लागेको प्रहरीको भनाई छ ।
साढे चार बजे यस्तो घटना भएपछि घटनास्थलमा सेनासहितका सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान केन्द्रमा ८० जनाभन्दा बढी मतदाता लाइनमा भइरहेका बेला स्थिति तनावग्रस्त बनेको हो ।
ताजा अपडेट
-
वैदेशिक रोजगारीलाई युरोप डाइभर्ट गर्ने तयारी, मागपत्र निर्देशिका संशोधन गरिँदै
-
आफ्नै महिला कर्मचारीमाथि एसएसपीले गरे यौन दुर्व्यवहार
-
नागरिकता विधेयकमा आदेश नै आदेश
-
ऐनविपरीत मारुती सिमेन्टलाई चुनढुंगा उत्खनन गर्न राष्ट्रिय वन क्षेत्रको हजार रोपनी जग्गा
-
कसिलो औँठी लगाउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
प्रतिक्रिया