बालेनको प्रश्न, ‘दलगत र स्वतन्त्र भनेर गणनामा किन भेदभाव गर्न खोजिँदैछ ?’
काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले मतगणना गर्दा प्रतिनिधि राख्ने विषयमा निर्वाचन आयोगले भेदभाव गरेको बताएका छन् ।
पाँचजना स्वतन्त्र उम्मेदवारको एउटामात्र प्रतिनिधि राख्ने कुरा कानुनी, व्यवहारिक र लोकतान्त्रिक कसीमा हदैसम्म अन्यापूर्ण रहेको बालेनको भनाइ छ ।
‘पाँचजना स्वतन्त्र उम्मेदवारका एकजना साझा प्रतिनिधि भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपूर्ण छ र यो लोकतन्त्रको विरुद्धमा छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपूर्ण हुँदैन कि भन्ने शंका उत्पन्न गराउँछ । यसप्रति निर्वाचन आयोग सजग बनोस् ।’
बालेनले हरेक स्वतन्त्र उम्मेदवारलाई आफ्नो प्रतिनिधि मतगणनामा सामेल गराउन आयोगलाई अनुरोधसमेत गरेका छन् ।
‘यसमा निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपिल गर्दछु,’ उनले भनेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया