NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेसले खोल्यो जितको खाता, गाउँपालिका अध्यक्षमा लामा विजयी

काठमाडौं । स्थानीय तहको निर्वाचनमा कांग्रेसले खाता खोलेको छ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् ।

लामा १५८ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याएका छन् ।

नार्पा भूमिमा ४ सय ८४ मतदाता थिए । जसमा ३०४ मत खस्दा ३५ मत बदर भएको थियो ।