NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

काठमाडौंमा बालेन, स्थापित र सिंहमध्ये को अगाडि ?

काठमाडौं । काठमाडौं महागनरपालिकामा वडा १ र ३२ मा मत गणना भइरहेको छ । दुवै वडाको मतगणनामा बालेन शाह अगाडि देखिएका छन् ।

वडा ३२ मा बालेनले ८ भोट ल्याएका छन् । सिर्जना सिंहको एक भोट आएको छ । केशव स्थापितको पनि एक भोट आएको छ ।

वडा १ मा भने कांग्रेसबाट सिर्जना सिंहले ८ मत प्राप्त गरेकी छिन् । यहाँबाट बालेनले ७ भोट प्राप्त गरेका छन् ।

सुरूवातमा बालेनकाे १५ र सिंहकाे ९ भाेट अाएकाे छ ।

काठमाडौंको एउटा वडाको मतगणना सकिनँ १५ घण्टा लाग्ने निर्वाचन आयोगले जनाएको छ ।