NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जसले आफ्नोबाहेक अरूको मत पाएनन्

काठमाडौं । निर्वाचनमा होमिने उम्मेदवारको चाहना हुन्छ धेरैभन्दा धेरै उम्मेदवारलाई प्रभावित पारेर पक्षमा जित निकाल्नु । मतदाता आकर्षितका लागि उनीहरूले सभासम्मेलनदेखि घरदैलोसम्म गर्ने गर्छन् ।

यसपटक पनि उम्मेदवारले मतदातालाई पक्षमा उभ्याउन कुनै कसर बाँकी राखेनन् ।

यसरी चुनावमा होमिएका कुनै उम्मेदवारले आफ्नोबाहेक अरूको मत पाएनन् भने के होला ?

मनाङको ङिस्याङमा यस्तै रोचक घटना भएको छ । जित निकाल्न चुनावी मैदानमा उत्रिएका उम्मेदवारले मात्रै एक मत पाएका छन् ।त्यो पनि स्वयं आफ्नो मात्र ।

यसरी एक जना पनि मतदाताको मन जित्न नसक्ने व्यक्ति हुन्, ङिस्पाङ गाउँपालिकाका उपाध्यक्ष पदका राप्रपा उम्मेदवार ज्यामयाङ टसी गुरुङ ।

उनीसँगै यो स्थानीय तहको उपाध्यक्षमा एमाले समर्थनमा छिरिङ गुरुङ र रिञ्जेन लामा उम्मेदवार बनेका थिए । छिरिङले जित निकाल्दै ७ सय ४४ र रिञ्जेन धोर्जे गुरुङले १२१ मत हासिल गर्दा गुरुङले भने मात्रै १ मत पाए ।

निर्वाचन अधिकृतको कार्यालयले उपाध्यक्षमा प्रतिस्पर्धा गरेका ज्यामयाङ टसी गुरुङले एक भोटमात्रै पाएको जनाएको छ ।

उनको पक्षमा परेको मत नै एउटा हो या बदर भएको हो भन्नेबारे निर्वाचन अधिकृतको कार्यालयले केही खुलाएको छैन ।

यो गाउँपालिकाको अध्यक्षमा भने एमालेका छिरिङ ओङमा गुरुङ (घले) विजयी भएका छन् ।