NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दीपकराजको टिप्पणी, ‘एमाले र कांग्रेस मिलेका भए बालेनलाई हराउन सक्ने रहेछन्’

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा ठूला पार्टी र गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले अग्रता लिएकोप्रति कलाकार दीपकराज गिरीले प्रतिक्रिया जनाएका छन् ।

उनले बालेनले जित्ने दाबी गर्दै एमाले र कांग्रेस मिलेर चुनाव भएमात्र उनलाई हराउन सक्ने भन्दै ठट्टा गरेका छन् ।

‘काठमाडौं महानगरपालिकोको प्रारम्भिक परिणाम हेर्दा लाग्छ एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्ने रहेछन्,’ उनले फेसबुकमा लेखेका छन् ।

पछिल्लो गणनाअनुसार काठमाडौं महानगरमा बालेनले ५३८, एमालेका केशव स्थापितले ४१४ र सिर्जना सिंहले ३०७ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी सिर्जना गठबन्धनकी उम्मेदवार हुन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष