NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बुटवल उपमहानगरपालिकामा ९०२ मतान्तरसहित कांग्रेसको अग्रता

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर फराकिलो पार्दै लगेका छन् ।

प्रतिस्पर्धी एमालेलाई सुरुदेखि नै पछि पार्दै आएका पाण्डेले ६ हजार मत गणना हुँदा २ हजार २१४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार बाबुराम भट्टराईले १ हजार ३१२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ६१३ मत पाएका छन् । उपमेयरमा एमालेकी सावित्रादेवी अर्यालले १ हजार ४८२ मतसहित अग्रता कायमै राखेकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार चीनबहादुर गुरुङले १ हजार २८१ मत पाएका छन् । अहिले २ र १९ को मत गणना जारी छ ।