NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु

न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यमा एक युवकले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । त्यहाँको सुपर मार्केटमा शनिबार दिउँसाे गोली चलाएका ती युवकलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।

प्रहरीले गोली चलाउने युवकबारे केही विवरण सार्वजनिक गरेको छैन । आक्रमणलाई अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न ती युवकले क्यामराको प्रयोग गरेका थिए । यस घटनालाई एफबिआईले घृणा फैलाउने र जातीय रुपले प्रेरित हिंसा भनेको छ ।

आक्रमणबाट १३ जनालाई गोली लागेकोमा अधिकांश व्यक्ति अश्वेत समुदायका भएको बफलोका प्रहरी प्रमुखले बताएका छन् ।