NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

वडामा सबै उम्मेदवार पराजित भएपछि एमालेका गाउँपालिका कमिटी अध्यक्षले दिए राजीनामा

काठमाडौं । वडामै एमाले हारेपछि खोटाङमा गाउँपालिका कमिटी अध्यक्षले राजीनामा दिएका छन् ।

खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिका २ डाँडागाउँमा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका हुन् ।

आफ्नो वडामा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले विज्ञप्ति जारी गरी नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् ।