NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जुम्लाको कन्कासुन्दरीमा स्वतन्त्रको प्यानल नै विजयी

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ मा दलित सुमदायका स्वतन्त्र उम्मेदवारको प्यानलनै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुर कामीको नेतृत्वमा निर्वाचन लडेका थिए ।

स्वतन्त्रका तीन सदस्य र एक वडाध्यक्ष पदमा उनीहरु विजयी भएका हुन् । निर्वाचनको परिणाम आएपछि उनीहरुले बाजा बजाएर जुलुस निकालेका छन् ।

धनबहादुरले २ सय ८८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए ।

वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भइन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष