NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नक्कली नोटसहित भारतीय युवक पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नोटसहित एक जना भारतीय युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी रनौली–१० बस्ने २२ वर्षीय सरोज कुमार बैठा रहेका छन् ।

उनलाई प्रहरीले सर्लाही गोडैता बजारबाट चार थान एक हजारको नोटसहित आइतबार दिउँसो पक्राउ गरेको हो । साथै उनको साथबाट सक्कली नेपाली पाँच सय रुपैयाँको नोट एक थान, एक सय रुपैयाँको नोट दुई थान र ५० रुपैयाँको नोट एक थान बरामद भएको प्रहरीले जनाएको छ ।