NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कांग्रेसका जय जसले एमालेको लालकिल्ला तोडेर विजय प्राप्त गरे

काठमाडौं । सधैं एमालेको एकलौटी वर्चस्व रहँदै आएको काभ्रे पनौती १ मा कांग्रेसले सानदार जित निकालेको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत एमालेको लालकिल्लाको रुपमा रहँदै आएको पनौती १ को वडा अध्यक्षमा कांग्रेसका जयकुमार लामाले सानदार जित निकालेका हुन् । वडामा प्यानलसहित सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

१५९३ मत ल्याएर कांग्रेसका लामा विजयी भएका हुन् । पराजित एमालेका वीरमान लामाले १३६८ मत ल्याए । एमालेकाे लालकिल्लाकाे रूपमा परिचित वडामा कांग्रेसका लामाले २२५ मतको सहज जित हात पारेका हुन् ।

२०७४ सालमा ४०५ मतान्तरले लामा पराजित भएका थिए । तर पाँच वर्षपछि एमालेलाई नै पराजित गरेर बदला लिन सफल भए ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचन लामा एमालेका गुणनाथ सापकोटासँग ४०५ मतान्तरले पराजित हुन पुगेका थिए । दाेस्राे प्रयासमा कांग्रेसले एमालेकाे लालकिल्ला ताेडेकाे हाे । सबै सदस्य पनि कांग्रेसले जितेकाे छ ।

२०४६ सालयताका सबै चुनावमा एमालेकाे  एकलौटी र एकछत्र प्रभाव रहेको पनौती १ रयालेमा तीन हजार एक सय मतगणनाका क्रममा लामा एकपटक पनि पछाडि नपरी जित्न सफल भएका हुन् । बलियाे प्रभाव रहेकाे स्थानमै एमालेले एकपटक पनि अग्रता बनाउन नसक्नुलाई अस्वभाविक रुपमा हेरिएको छ ।

पनाैती नगरपालिकामा सत्ता गठबन्धन दलबीच मेयर र उपमेयरमा चुनावी तालमेल भएकाे थियाे । केही सदस्यमा पनि तालमेल भए पनि वडाध्यक्षमा भने प्रभावकारी तालमेल भएकाे थिएन । यद्यपी कांग्रेस उम्मेदवारलाई गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलले समर्थन गरेका थिए । एमाले विभाजनपछि रयालेमा नेकपा एसकाे प्रभाव थाेरैमात्र छ ।

कांग्रेस रयालेका नेता तीर्थ सापकाेटाले सबैकाे साथ, मेहनत र विश्वासले एमाले किल्ला ताेडिएकाे बताए ।