NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

स्थानीय तह : कसले कति जित्यो ?

काठमाडौं । दुई दिनअघि सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ ।

७ सय ५३ स्थानीय तहमध्ये अहिलेसम्म ५९ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । नेकपा एमाले २१ गाउँपालिका अध्यक्षमा विजयी भएको छ ।

नेपाली कांग्रेसले पनि २१ वटै स्थानीय तह जितेको छ । माओवादी केन्द्र १५ स्थानीय तहमा विजयी भएको छ ।

नेकपा एस भने अहिलेसम्म दुई स्थानीय तहमा मात्रै विजयी बनेको छ । राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले भने अहिलेसम्म एउटा स्थानीय तहमा पनि सफलता प्राप्त गर्न सकेका छैनन् ।

यस्तै उपप्रमुख तर्फ नेकपा एमालेले १८ स्थानीय तहमा मात्रै विजयी भएको छ । कांग्रेसले २१ स्थानीय तहको अध्यक्षमा विजयी हुँदा उपप्रमुखतर्फ २६ वटा स्थानीय तहमा जित हात पारेको छ ।

यस्तै १५ स्थानीय तहको अध्यक्ष जितेको माओवादी केन्द्रले १० स्थानीय तहमा मात्रै उपाध्यक्ष पदमा जित हात पारेको छ ।

यस्तै एकीकृत समाजवादीले ३ वटा उपाध्यक्ष पदमा जित हात पारेको छ ।