NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बोगटान फुड्सिल गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादी केन्द्र विजयी

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमल बहादुर गडसीला विजयी भएका छन् । उनी २०५८ मत प्राप्त गरेर विजयी भएका हुन्।

गडसीलाका निकटतम प्रतिद्वन्द्वी एमालेका हस्तबहादुर बुढाले २०२४ मत प्राप्त गरे।

यो गाउँपालिकामा एमाले विरुद्ध माओवादी र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए।

उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्नादेवी बम विजयी भएकी छिन्। उनले २०६३ मत प्राप्त गरिन्।

निकटम प्रतिद्धन्द्धी एमालेकी ज्ञानुकुमारी मल्ल बमले १९९१ मत प्राप्त गरिन्।