NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पूर्वी रुकुमको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्र विजयी

काठमाडौं । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुनीराज घर्ती विजयी भएका छन् । घर्तीले ३ हजार ९१३ मतसहित विजयी भएका हुन् ।

उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका तेजेन्द्र खाम मगरले २ हजार ११३ मत पाएका छन् । त्यस्तै एमालेका वागलाल बुढाले १ हजार ८५२ मतसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै उपमेरमा पनि माओवादी केन्द्रकै उम्मेदवार भुपेन्द्रा बुढा विजयी भएका छन् । उनले ४ हजार ५९ मत पाउँदा निकटतम प्रतिस्पर्धीले २ हजार १० मत पाइन् ।