NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गोकुल बाँस्कोटाको वडामा तामाङको जित

काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटाको वडा मण्डन देउपुर ४ मा मैतेसिंह तामाङ विजयी भएका छन् ।

एमालेका तामाङले गठबन्धन दललाई पछि पार्दै वडा अध्यक्ष जितेका हुन् ।

यो वडामा २०७४ सालमा एमालेका भुवनप्रसाद बजगाईं ५३० मतसहित विजयी भएका थिए ।

प्रतिद्वन्द्वी माओवादीका तुलसीप्रसाद नेपालले ३७९, कांग्रेसका रेवतीप्रसाद तिमल्सिनाले १९३ मत ल्याएका थिए ।