NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

म्याग्दीमा एमालेविरुद्ध गाउँपालिकामा कांग्रेसको फराकिलो जित

काठमाडौं । कांग्रेसले म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा एमालेविरुद्ध फराकिलो जित हात पारेको छ । अध्यक्षमा कांग्रेसका भव बहादुर भण्डारी विजयी भएका हुन् । उनले एमालेका उम्मेदवारलाई ७५९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

विजयी कांग्रेसका भण्डारीले ४०३८ मत ल्याउँदा एमालेका प्रेमबहादुर कार्कीले ३२७९ ल्याएका हुन् । गठबन्धन नभएको यो पालिकामा माओवादी केन्द्रकी मिना विकले ९९५ मत ल्याइन् ।

उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ । कांग्रेसबाट प्रेमकुमारी पुन विजयी भएकी हुन् । उनले ३३६४ मत ल्याउँदा पराजित एमालेकी यामकुमारी गर्वुजाले ३२४५ मत ल्याइन् ।